(१) समितिले आफू समक्ष पेश भएको कार्य विवरणको कागजमा नियम ४ को उपनियम (२) र (३) बमोजिमको सबै विवरण खुलाइएको र पेश गर्नु पर्ने सबै प्रमाणित कागजातहरु पेश भएको यकिन गरी जा“च्न बुझ्न परेमा जा“चबुझ समेत गर्नेछ । सो देखि बाहेक अरु थप कुरा सोधपुछ गर्न चाहेमा समितिले गर्न सक्नेछ र यसरी सोधपुछ गरिएका कुरा र लिखित जवाफ समेत कार्य विवरणमा संलग्न राख्नु पर्छ । सो सम्बन्धमा कुनै कागजातहरु पेश गराउन पर्ने देखिएमा समितिले सो समेत पेश गराउन सक्दछ ।
(२) कुनै सामानको सम्बन्धमा खुलाउन पर्ने कुराहरु खुलाउन नसकी नखुलाएमा वा पेश गर्नु पर्ने कागजातहरु पेश गर्न नसकेमा समितिले त्यसको कारण लेखाई लिई सो कुरा मनासिब देखिएमा मात्र सामान जाँच गर्नेछ । मनासिब नदेखिएमा समितिले आफ्नो राय कार्य विवरणमा उल्लेख गर्नु पर्छ ।
तर कुनै सामानको सम्बन्धमा त्यसको मोल र अवधि खुल्न नसकेकोमा समितिले सम्बन्धित कम्पनी वा व्यक्ति कहा“ बुझेर भएपनि सो सामानको अन्दाजी अवधि र मोल खुलाउनु पर्छ ।
(३) समितिले जचा“उन राखिएका सबै सामानहरु एक एक गरी गिन्ती गरी सबैको अवस्था हेर्नु वा जाँच्नु पर्छ ।
(४) समितिले सामान जाँच्दा बेकम्मा ठहरिन आएकोमा मनासिब कारणबाट बेकम्मा हुन गएको हो वा लापरवाहीबाट हुन गएको हो, कारण सहित ठहर पेश गर्नु पर्छ । लापरवाहीबाट हुन गएकोमा सो जिम्मेवारी व्यक्ति वा व्यक्तिहरुको नाम उल्लेख गरी सो नोक्सान भएको मालको मोल असूल गर्ने वा अरु कारबाही गर्ने हो, सिफारिस सहित पेश गर्नु पर्छ ।
स्पष्टीकरण ः अवधि पूरा भै बेकम्मा हुन गएकोमा बाहेक अरु कारणबाट बेकम्मा हुन गएकोमा साधारणतः लापरवाहीबाट बेकम्मा भएको मानिनेछ ।
(५) डिपोबाट बेकम्मा भएका सामानहरु वितरण गर्दा ई.आई. वा त्रिशुल लगाई राखेको चिन्ह माथिबाट कहिल्यै नमेटिने गरी क्रस (X) चिन्ह लगाई बेकम्मा भनी प्रमाणित गर्नु पर्छ । समितिले आफ्नो समक्ष अर्डन्यान्सको उक्त (X) चिन्ह भएको सामानहरु मात्र बेकम्मा ठहराउन सक्नेछ ।
तर यी नियमहरु लागू हुनु भन्दा अघि वितरण भएका सामानहरु त्रिशूल चिन्ह नलगाएको भए तापनि समितिले क्रस (X) चिन्ह लगाई बेकम्मा ठहराउन सक्नेछ ।
(६) आफ्नो समक्ष पेश हुन आएको सामानहरु जा“च्दा मर्मत गरी प्रयोगमा ल्याउन सकिने देखिएमा समितिले मर्मत गरी प्रयोगमा ल्याउने भनी कार्य विवरणमा जनाई दिनु पर्छ । यस्तो मर्मत गर्ने भनी जनाइएकोमा युनिटमा मर्मत गराउने हो वा डिपोमा मर्मत गराउने हो वा अरु तरिकाबाट मर्मत गराउने हो सो पनि कार्य विवरणमा जनाई दिनु पर्छ ।
तर युनिटमा मर्मत गराउने बाहेक अरु ठाउ“मा मर्मत गराउन पर्ने भएमा मर्मत खर्च र ढुवानी खर्च हिसाब गरी किफायत हुने नभएमा बेकम्मा नै गर्नु पर्छ ।
(७) बेकम्मा ठहरिएका सामानहरु सैनिक दृष्टिकोणले लिलाम गर्न नहुने वा लिलाम गर्न हुने भए तापनि त्यस्तो सामानहरुबाट कुनै हानि वा नराम्रो असर पर्न जाने देखिएमा त्यस्तो सामानहरु समितिले धुल्याउन सडाउन वा जलाउन पर्ने भनी ठहर गर्नु पर्छ ।
(८) उपनियम (७) मा लेखिएदेखि बाहेक अन्य सामानहरु सेनालाई काम नलाग्ने तर त्यस्तो सामानहरु लिलाम गर्दा सरकारलाई फाईदा हुने देखिएमा समितिले लिलाम गर्ने भनी ठहर गर्नु पर्छ ।
(९) सम्बन्धित डिपो वा युनिट वा सबयुनिटलाई काम नलाग्ने भएका सामानहरु तर अरु कुनै युनिट, सबयुनिट, डिपो वा नेपाल सरकारको मन्त्रालय, विभाग वा अड्डाहरु वा कुनै संस्थालाई काम लाग्ने भएमा समितिले त्यसको मोल लिई वा नलिई दिने पनि सिफारिस गर्न सक्नेछ ।
तर मोल लिने भनी सिफारिस गरेकोमा भने के कति लिने हो सो समेत उल्लेख गर्नु पर्छ ।
(१०) सम्बन्धित फर्मेशन युनिट वा सबयुनिट वा डिपोले नियम ४ बमोजिम कार्य विवरणमा समावेश गर्नु पर्ने कुरा नगरी पेश गरेमा वा तयार राख्नु पर्ने कुरा तयार नराखेमा समितिले सो गर्न लगाई आईन्दा समयमा तयार राख्न पर्ने भनी लिखित चेतावनी दिई जङ्गी अड्डालाई सूचना दिनु पर्छ ।
(११) यो नियम बमोजिम गर्नु पर्ने कार्य सकेपछि समितिले आफ्नो ठहर सहित सबै कुरा समावेश भएको रीतपूर्वकको कार्य विवरण स्वीकृतिको लागि सम्बन्धित विभाग वा बाहिनी अड्डामा पठाउनु पर्छ ।
(१२) युनिट सबयुनिटको समितिले आफ्नो कार्य विवरण तालुक अड्डा वा तालुक युनिट मार्फत पठाउनु पर्छ र त्यसको एक प्रति सम्बन्धित डिपोमा पठाउनु पर्छ र सो कार्य विवरणको एक प्रति र अन्य सम्बन्धित कागजातहरुको नक्कलहरु एक एक प्रति समावेश गरी रक्षा कन्ट्रोलर कार्यालयमा पठाउनु पर्छ ।
(१३) समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने कुनै कारबाही तथा व्यवस्थामा त्रुटी देखिएमा वा कुनै कुराको सुधार गर्न आवश्यक देखिएमा सो सम्बन्धी सुझाव पठाउनु पनि समितिको कर्तव्य हुनेछ ।